२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनढुङ्गाढुवानी सेवा ठप्प, सिमेन्ट उद्योग प्रभावित

अ+ अ-

पाल्पा । तिनाउगाउँपालिकामा सञ्चालित चुनढंङ्गा खानीबाट ढुवानी सेवा ठप्प भएको छ ।

ढुवानी सेवा ठप्प भएपछि कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योग प्रभावित भएका छन् । वैज्ञानिक भाडादर लागू नहुदाँसम्म ढुवानी हुन नसक्ने भन्दै ढुवानी व्यवसायी आन्दोनमा उत्रिएपछि विगत आठ दिनदेखि सो सेवा ठप्प भएको हो ।

चार वर्षदेखिकै मूल्यमा चुनढुङ्गाा ढुवानी गर्न बाध्य हुँदा आफूहरु घाटामा रहेको व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योगले चुनढुङ्गा खानीबाट उद्योगसम्म लगेको प्रतिटन रु ५१२ देखि ५५० सम्म ढुवानी खर्चवापत रकम दिदैं आएको छ ।

सबै क्षेत्रमा मूल्य वृद्धि भइरहेको छ । टिपरको सर्भिस र टायरको मूल्य बर्सेनी बढे पनि ढुवानी खर्च नबढ्दा सिमेन्ट खानीमा टिपर नपठाएको व्यवसायीको भनाइ छ ।

पाल्पा तिनाउगाउँपालिका क्षेत्रभित्र ६ वटा चुनढुङ्गा खानीबाट सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी हुँदै आएको स्थानीयवासी चक्रब्यूह थापाले जानकरी दिए ।

तिनाउगाउँपालिकाअन्तर्गत श्रीडाँडाबाट अर्घाखाँची सिमेन्टका लागि चुनढुङ्गा ढुवानी हुन्छ । अर्घाखाँची सिमेन्टको श्रीडाँडामा आफ्नै खानी छ । तिनाउगाउँपालिकाबाट सर्वोत्तम सिमेन्ट उद्योग, दोभान सुकेतालबाट अर्घाखाँची सिमेन्ट लगायतमा चुनढुङ्गा जान्छ ।

झुम्सा मरेकबाट कञ्चनक्वायरिजले बुटवल सिमेन्ट र अर्घाखाँची सिमेन्टमा चुनढुङ्गा ढुवानी गर्दै आएको छ । कोलडाँडाबाट अर्घाखाँची सिमेन्टमा चुनढुङ्गा निकासी हुँदै आएको छ ।

रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट सर्वोत्तम सिमेन्टमा चुनढुङ्गा ढुवानी हुन्छ । ‘पाल्पा सिमेन्ट र होङ्सी सिमेन्टबाहेक सबै स्थानमा चुनढुङ्गा, माटो लगायतका सामग्री बन्द छ । जिल्लाका ढुवानी व्यवसायीले सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी ठप्प पारेपछि सिमेन्ट उद्योगसमेत प्रभावित बनेका छन् । भाडादर न्यून हुँदा व्यवसायलाई घाटामा परेको बताएका छन् ।

व्यवसायीले वैज्ञानिक भाडादर काम गरेमा आफूहरु ढुवानी गर्ने बताए ।

तिनाउगाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले गाउँपालिकामा व्यवसायीका गुनासा आएपछि गाउँपालिकाले सिमेन्ट उद्योगका सञ्चालक र व्यवसायीबीच छलफल गरी निकास निकाल्ने बताए । गाउँपालिकाले योभन्दा अघि पनि व्यवसायी र उद्योग सञ्चालकबीच छलफल गरे पनि निकास निकाल्न नसक्दा समस्या झनै दोहोरिएको हो ।

पाल्पामा सञ्चालित चुनढुङ्गा ढुवानी गर्ने टिपरका कारण धेरैको ज्यान गुमाएका छन् । पछिल्ला महीना सिद्धबाबादेखि सिद्देश्वरसम्म सञ्चालित टिपरका लागि दोभानदेखि हार्थोकसम्म समय तालिका ९टाइमकार्ड० लागू गरेपछि दुर्घटनामा कमी आएको छ ।

टिपरका कारण ज्यामिरेदेखि नवलपरासीको सर्दीतर्फ सबैभन्दा बढी दुर्घटना हुने गरेका थिए । टिपरले ठक्कर दिँदा मानिसहरुले ज्यान गुमाउन बाध्य भएको स्थानीयवासीको भनाइ छ ।