धनगढी । कैलालीमा विवाहको गाडीमा आगजनी गरिएको छ । बुधबार राति कैलालीको मसुरिया र राजीपुरको बीच जंगलमा म१ख४४१ नम्बरको गाडीमा आगजनी हुँदा गाडी क्षतिग्रस्त बनेको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै धनगढी आउँदै गरेका सार्वजकि सवारी साधन रोक्ने अवस्थामा गोदावरी क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको र राजमार्ग क्षेत्रमा यात्रा गर्ने सवारी तथा यात्रुलाई उचित सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएका छन् ।
पक्राउ परेकाहरुलाई कानुनअनुरुप म्याद थपी थप अनुसन्धान अघि बढाइएको छ । यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ।
सुदूरपश्चिमको राजधानी धनगढी बजारमा छोटो तथा लामो दूरीका सवारीहरु चल्न सकेका छैनन्। अधिकांस बजार, कलकारखाना, शैक्षिक संस्था बन्द रहेका छन्।







