२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिएन नदीजन्य पदार्थको उत्खनन

अ+ अ-

राँझा । राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा हानी–नोक्सानी पुग्ने भन्दै गाउँपालिकाले रोक लगाए पनि उत्खननकार्य नरोकिएको स्थानीय अगुवा विश्वसागर परियारले बताए ।

उनका अनुसार राप्ती नदीसँगै स्थानीय भुवरभवानी सामुदायिक वनक्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन कार्य भइरहेको छ । “स्थानीयवासीलाई घर बनाउन ढुङ्गा, गिट्टी बालुवा ल्याउँदा वन कर्मचारी र प्रहरीले नियन्त्रणमा लिन्छन्”, परियारले भने, “ठूलाबडाले खुलेआम रातदिन नदी दोहन गर्दा पनि कसैलाई चासो छैन ।”

पूर्व सभासद एवं स्थानीय अगुवा पट्टु थारूले भविष्यमा गाउँबस्ती नै जोखिममा पर्ने गरी नदीबाट अवैधरूपमा ढुङ्गा, बालुवा उत्खनन हुनु चिन्ताको विषय भएको बताए । अवैध उत्खनन नियन्त्रण गर्न गाउँपालिकाले समयमै चासो दिनुपर्ने उनले माग गरे ।

“लामो समयदेखि अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन हुँदा पनि गाउँपालिका आँखा चिम्लिएर बस्नुको कारण के हो ?”, थारूले भने, “प्राकृतिक स्रोत र स्थानीय गाउँबस्ती जोगाउने जिम्मा स्थानीय सरकारको हो, कि वैधरूपमै नदी दोहन गर्न दिनुपर्‍यो होइन भने अनुगमन गरेर रोक्नुपर्‍यो ।”

सामुदायिक वनक्षेत्रबाट समेत ढुङ्गा उत्खनन हुन थाले पनि उपभोक्ता रुष्ट बनेका छन् । भुवरभवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थारूले पटकपटक मौखिकरूपमा गाउँपालिका र सेक्टर वन कार्यालयलाई जानकारी गराए पनि उत्खनन नरोकिएकाले अब लिखितरूपमै अनुरोध गर्ने बताए ।

यो क्षेत्रको राप्ती नदीबाट दैनिक सयौँ घनमिटर ढुङ्गा उत्खनन हुँदा बस्ती असुरक्षित हुनुका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको स्थानीय सञ्चारकर्मी हेमन्त चौधरीले जानकारी दिए । उनका अनुसार गाउँकै स्थानीय केही व्यक्तिले अवैधरूपमा कार्य गरिरहेकाले प्रतिवाद हुननसकेको हो ।

राप्तीसोनारी गाउँपालिकाले राप्ती नदीमा पर्ने शम्शेरगञ्ज, आलीनगर, ढलैया, मुगुवाखोला, परुवाखोला र झिझरी खोलामा मात्र नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, ग्राभेल र बालुवा सङ्कलनका लागि ठेक्का दिएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले ठेक्का दिएको बाहेक अन्यत्र नदीजन्य पदार्थको संरक्षण र संवर्द्धन गर्दै आएको बताउँछन् । नवलपुर, बैसा, गोबारपुरलगायतका क्षेत्रमा लुकीछिपी हुने गरेको चोरी निकासी रोक्न अनुगमन गरिने उनले जानकारी दिए।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहनराज श्रेष्ठले अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीय सरकारसँग समन्वय गरिएको उल्लेख गर्दै अवैध दोहन भएको खण्डमा तत्काल अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने बताए ।

अत्याधुनिक बहुउद्देश्यीय सभागृह बन्दै

बाँकेको खजुरा बजारमा अत्याधुनिक बहुउद्देश्यीय सभागृह निर्माण हुने भएको छ । खजुरा गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण हुने अत्याधुनिक बहुउद्देश्यीय सभागृहको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

रु सात करोड ४८ लाख लागतमा निर्माण हुने सभागृहका लागि गाउँपालिकाले रु एक करोड ४० लाख र प्रदेश सरकारले रु ६० लाख बजेट छुट्याइसकेको छ । गाउँपालिकाकाको वडा नं ३ बजार क्षेत्रमा निर्माण हुने सभागृह जिल्लाकै नमूना हुने गाउँपालिका अध्यक्ष कक्षपतिले बताए । राष्ट्रिय सभागृहको ढाँचामा आधुनिक भवन बनाउन लागेको उनको भनाइ छ ।

“साढे दुई तले सभागृहको माथिल्लो तलामा ‘भिआइपी’ हल र तल्लो तलामा लक्षित वर्गका कार्यक्रम सञ्चालन हुनेछन्”, अध्यक्ष कक्षपतिले भने, “सभागृहका लागि आवश्यक बजेट आगामी आवमा पनि थप्दै जानेछौँ ।” क्रमागतरूपमा निर्माण प्रक्रिया अगाडि बढाई आर्थिक वर्ष २०७७/७८ भित्र सक्ने लक्ष्यका साथ सभागृहको निर्माण प्रक्रिया अगाडि बढेको इञ्जिनीयर कञ्चन तिवारीले जानकारी दिए । उनका अनुसार सभागृहको भिआइपी हल ५०० जना क्षमताको बनाउन लागिएको छ । रासस