काठमाडौं । सिनियर डिभिजन इन्जिनियर लालु गिरीअख्तियारको हिरासतमा छन् । पुर्वाधार विकास कार्यालय रुपन्देहीमा कार्यरत गिरीलाई एक हप्तादेखि अख्तियारले हिरासतमा लिएको हो ।
भ्रष्टाचार सम्बन्धी उजुरीमाथि छानबिनको क्रममा कैफियत देखिएकाले गिरीलाई हिरासतमा राखिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।
गिरी भोजपुरमा प्रमुख जिल्ला इन्जिनियर रहँदा सडक निर्माणको क्रममा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।