२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ७ जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका-२ बस्ने नुवाकोट घर भएकी ४६ वर्षीया शारदा कुमारी अधिकारी, कास्की पोखरा महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता सुवेदी तिवारी, भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ईलाम घर भएकी ३५ वर्षीया सावित्रा देवी अर्याल, रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बस्ने ४३ वर्षीय ऋर्षि राम पाण्डे, ३६ वर्षीया अनिता पाण्डे, सोही नगरपालिका-१ बस्ने पाल्पा घर भएकी ३५ वर्षीया अम्बिका घिमिरे र ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने महोत्तरी घर भएका २२ वर्षीय योगेश कुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार शारदाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रुपैयाँ, ऋर्षि रामले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, अनिताले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, अम्बिकाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रुपैयाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरी आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

हाल उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

0 Comments