२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेतीको समयमै मल अभाव हुन नदिन सरकारलाई रास्वपा सांसद खनालको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले कृषि उत्पादनको महत्वपूर्ण समयमा किसानले रासायनिक मल नपाउने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खनालले मलको सहज उपलब्धता सुनिश्चित गर्न र किसानको समस्यालाई प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले मल अभावका कारण उत्पादन घट्ने, किसानको खर्च बढ्ने र समग्र खाद्य सुरक्षामा समेत असर पर्ने अवस्था आउन सक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल आपूर्ति व्यवस्थापन गर्न आग्रह गरिन् ।

सांसद खनालले गोरखासहित देशभरका किसानका लागि आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउनुपर्ने बताइन् । खेतीपातीको मुख्य समयमा किसानहरू मल खोज्न बाध्य भए पनि समस्या समाधानमा अपेक्षित पहल नभएको उनको भनाइ थियो ।

उनले मल वितरण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

कृषिमा ठुलो जनशक्ति संलग्न रहेको उल्लेख गर्दै सांसद खनालले धान रोपाइँजस्तो महत्वपूर्ण समयमा मल अभाव हुनु किसानका लागि गम्भीर समस्या भएको बताइन् । उनले किसानका वास्तविक समस्या सम्बोधन गर्न सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् ।

0 Comments