२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपामा इमानदार र सक्षम युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा महामन्त्री बुर्लाकोटीको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनलाई सुदृढ बनाउन योग्य, सक्षम र इमानदार युवा नेतृत्वलाई पर्याप्त समय र स्वतन्त्र रूपमा काम गर्ने वातावरण आवश्यक रहेको बताएका छन्।

हेटौँडामा आयोजित रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वमा दक्ष र जिम्मेवार व्यक्तिको उपस्थिति भए संगठनभित्र अनावश्यक समस्या सिर्जना नहुने धारणा व्यक्त गरे।

उनले मुलुकमा देखिएको कुशासन तथा भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्न राजनीतिक र कानुनी दुवै तहबाट प्रभावकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीका सबै तहमा नैतिकता र इमानदारीलाई प्राथमिकता दिनुपर्ने बताए।

महामन्त्री बुर्लाकोटीले आगामी विसं २०८४ मा हुने प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै युवा पुस्तालाई जनतामाझ पुगेर राजनीतिक सहभागिता विस्तार गर्न आग्रह गरे। उनका अनुसार जनप्रतिनिधिका रूपमा स्थापित हुन पार्टीका कार्यकर्ता र युवाले समुदायसँग निरन्तर सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ।

पार्टी स्थापना कालदेखि सक्रिय योगदान पुर्‍याएका व्यक्तिलाई पनि नेतृत्व तहमा आवश्यक क्षमता र इमानदारी नदेखिए जिम्मेवारी नदिइने नीति अवलम्बन गरिने उनले स्पष्ट पारे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले सुशासन, विकास र आर्थिक समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न दक्ष र सक्षम युवालाई निर्वाचन प्रक्रियामार्फत नेतृत्वमा स्थापित गर्नुपर्ने धारणा राखेका थिए।

रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकका अनुसार दुई दिनसम्म सञ्चालन हुने बागमती प्रदेश अधिवेशनमा प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोकबाहेक १२ जिल्लाबाट करिब एक हजार प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ।

0 Comments