२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा सुधन गुरुङको भूमिकामाथि थप अनुसन्धान सिफारिस

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते भएको जेन जेड आन्दोलनका क्रममा उत्पन्न घटनाबारे अनुसन्धान गर्दै त्यस दिनको प्रदर्शन नेतृत्वसँग जोडेर थप छानबिन गर्न सिफारिस गरेको छ।

आयोगकी सदस्य लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार उक्त दिनको भीड व्यवस्थापन र घटनाक्रममा हामी नेपाल संस्थासँग जोडिएका सुधन गुरुङको भूमिकाबारे विस्तृत अनुसन्धान आवश्यक देखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा एभरेष्ट होटेल आसपास करिब २० देखि २५ हजारको भीड जम्मा भएको अवस्थामा गुरुङले नेतृत्व सम्हालेपछि प्रदर्शनको स्वरूप बदलिएको दाबी गरिएको छ। नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित हुँदै सुरक्षा ब्यारिकेड तोड्ने प्रयास गरेको र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भई अवस्था हुलदंगामा परिणत भएको निष्कर्ष आयोगले निकालेको हो।

आयोगका अनुसार ब्यारिकेड तोडफोडपछि मात्र सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको देखिएको छ।

सरकारी प्रतिबन्धपछि शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्यसहित सुधन गुरुङ, अंकित मल्ल, खेमराज साउद, सबल गौतम र पुरुषोत्तम यादवलगायतले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको पनि प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी माइतीघर क्षेत्रमा टेन्ट, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा माइकिङको व्यवस्था गरिएको र त्यस क्रममा विभिन्न समूहबीच विवादसमेत भएको विवरण प्रतिवेदनमा समेटिएको छ।

आन्दोलनको क्रममा कालो टिसर्ट र शरीरमा ट्याटु अंकित ‘टीओबी’ समूहका करिब १५ देखि २० जना बाइक सवार प्रवेशलाई घटनाको महत्वपूर्ण मोडका रूपमा आयोगले उल्लेख गरेको छ।

आयोगले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै अनुमति लिइएको भए पनि पछि हिंसात्मक बनेको र त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै तत्कालीन जिम्मेवार पक्षमाथि सूक्ष्म अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ।

साथै प्रदर्शनअघि, प्रदर्शनको समयमा र त्यसपछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा दिइएका अभिव्यक्तिहरूले भीडलाई उत्तेजित पारेको वा शान्ति-सुव्यवस्थामा असर पारेको हो कि होइन भन्ने विषयमा समेत विस्तृत अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।

0 Comments