२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेसको ‘निर्वाचन ब्युरो’मा १७ सदस्य मनोनयन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले ‘निर्वाचन ब्युरो’मा १७ सदस्य मनोनयन गरेको छ । काँग्रेस सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्युरोमा आज १७ सदस्य मनोनयन गरेका हुन् ।

ब्यूरोको सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बाँस्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही), हरि पोखरेल (झापा) र सुदर्शन आचार्य (सिन्धुपाल्चोक) ररहेका छन् । यस्तै, रोहित पौडेल (काठमाडौँ), डा. भूमिराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेजविनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ) छन् ।

ब्युरोलाई पार्टीको देशव्यापी निर्वाचन ‘डाटाबेस’ निर्माण गर्ने र निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यादेश पनि तोकिएको काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्यूरोले ब्युरोले सात सय ५३ स्थानीय तह छ हजार ७४३ वडा र सात वटै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाताको मनोविज्ञान र वस्तुस्थितिको विश्लेषण गरी उम्मेदवार छनोट प्रणालीलाई तथ्यपरक बनाउने जनाइएको छ । 

यस्तै, निर्वाचन ब्यूरोअन्तर्गत सात जना विज्ञको ‘प्राविधिक समिति’ रहने, त्यसमा डाटा विश्लेषण, अनुसन्धानकर्ता, राजनीतिक रणनीतिकार र डिजिटल विज्ञहरू समावेश हुनेछन् । 

यस्तै, प्रदेशस्तरमा सूचना संकलनका लागि ‘अपरेसनल टिम’ र स्थानीयस्तरसम्म ‘सूचनादाता’ को सञ्जाल परिचालन र उक्त संयन्त्रले सामाजिक सञ्जालको प्रवृत्ति विश्लेषण, साप्ताहिक ‘अपडेट’ र मासिक विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने गरी कार्यादेश दिइएको काँग्रेसले जनाएको छ ।

0 Comments