२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

अ+ अ-

कञ्चनपुर । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । 

कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो । “बिहानी सत्रमा जाँदा हुनसक्ने समय व्यवस्थापन तथा पाठ्यक्रम प्रारूपले तोकेको ‘क्रेडिट आवर’ पूरा गर्न नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेका छौँ”, नगर प्रमुख ओझाले भने, “विद्यार्थीको पठनपाठन, शैक्षिक गतिविधि, परियोजना तथा प्रयोगात्मक कार्यलाई प्रभावकारी बनाउन आइतबारसमेत नियमित कक्षा सञ्चालन गरिनेछ ।”

शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन् । अभिभावक, शिक्षक तथा विद्यार्थीको मागअनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि बिहान १०:०० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७:०० बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिका अनुसार पाठ्यघण्टा नघट्ने गरी नियमित पठनपाठन र शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिए । 

0 Comments