२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जल तथा ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाइने ऊर्जा मन्त्री श्रेष्ठको दाबी 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकार सम्पन्न र शक्तिशाली निकायका रूपमा अगाडि बढाउने तयारी भइरहेको बताएका छन् ।

ललितपुरको पुल्चोकस्थित जल तथा ऊर्जा आयोगको सचिवालयको आज निरीक्षण गर्दै उनले जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुसार व्यवस्थित गर्न सरकारले नयाँ छाता कानुन ल्याउन लागेको बताए । 

सरकारले ‘जलस्रोत विधेयक २०८३’ (प्रस्तावित) मार्फत जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्न आयोगलाई अधिकार सम्पन्न र शक्तिशाली बनाउने पहल भइरहेको मन्त्री श्रेष्ठले उल्लेख गरे । 

“जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा आयोगलाई विकास गर्न खोजिएको छ, यसका लागि आवश्यक तयारीमा जुट्न म आयोगका पदाधिकारीलाई निर्देशन दिन्छु”, मन्त्री श्रेष्ठले भने । 

मन्त्रालयले आयोगको कार्यक्षेत्र विस्तार गर्दै बजेट विनियोजनमासमेत विशेष प्राथमिकता दिइरहेको उनले उल्लेख गरे । आयोगको काम थप प्रभावकारी बनाउन जनशक्ति परिचालन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

“आयोगले आफ्नो क्षेत्राधिकारभित्रका विषयमा आन्तरिक अडिट गर्दै अध्ययन र अनुसन्धानलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ”, मन्त्री श्रेष्ठले भने। आयोगले गरेका अध्ययन र अनुसन्धानलाई प्रकाशित गरी सरकारलाई सही मार्गदर्शन प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

निरीक्षणका क्रममा आयोगका सचिव दीनानाथ मिश्रले आयोगको वर्तमान अवस्था, भइरहेका गतिविधि र आगामी योजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका जलस्रोत सचिव सरिता दवाडीले आयोगमा जनशक्ति व्यवस्थापन र स्रोतको परिचालनका चुनौती एवं आवश्यकताका बारेमा प्रकाश पारेकी थिइन् । 

0 Comments