२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइबर चुनौती र एआई जोखिमबारे केन्द्रित राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सम्पन्न

अ+ अ-

काठमाडौँ । जंगी अड्डामा आयोजित छैटौँ संस्करणको ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८३’ सम्पन्न भएको छ । बुधबार सम्पन्न एकदिने गोष्ठीको समापन प्रधान सेनापति महारथी अशोक राज सिग्देलले गरेका हुन् ।

सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै गोष्ठी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । साइबर सुरक्षासम्बन्धी सरोकारवाला निकायबीच सहकार्य, समन्वय र सम्पर्क सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

गोष्ठीमा साइबर सुरक्षासम्बन्धी विषय विज्ञहरूले विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए । सम्भावित साइबर जोखिम तथा सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सहभागीहरूबीच अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेपाली सेनाले उक्त गोष्ठीले राष्ट्रिय स्तरमा साइबर सुरक्षा रणनीति निर्माण, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा विकास तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

0 Comments