२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदर लखेट्न जेठ १ गते सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाले बाँदरको बढ्दो समस्या नियन्त्रणका लागि आगामी जेठ १ गते नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले कृषियोग्य जमिन र उत्पादनमा बाँदरबाट भइरहेको क्षति न्यूनीकरण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ। नगर प्रमुख अर्जुन माबोहाङका अनुसार कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा अन्य कृषि उपजमा बाँदरले निरन्तर क्षति पुर्‍याउन थालेपछि विशेष अभियान सञ्चालन गर्नुपरेको हो।

उनले बाँदरको आतंकका कारण किसान आर्थिक रूपमा प्रभावित हुनुका साथै खेतबारी जोगाउन रातदिन निगरानी गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन लाग्नुपर्ने स्थिति देखिएकाले सामूहिक पहल आवश्यक भएको उनको भनाइ छ।

नगरपालिकाद्वारा जारी सूचनामा बाँदर समस्या सामान्य देखिए पनि यसले कृषकको जीविकोपार्जन, पारिवारिक दैनिकी र बालबालिकाको शिक्षामा गम्भीर असर पारेको उल्लेख गरिएको छ।

पालिकाले जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेट्ने कार्यक्रम तय गरेको छ। अभियान सफल बनाउन वडा कार्यालयहरूले तोकेको समय र स्थानमा उपस्थित भई सहभागिता जनाउन कृषक, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दालाई आह्वान गरिएको छ।

यसका साथै बाँदर नियन्त्रणका लागि विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी हेरालु परिचालन गरिएको नगरपालिकाले जनाएको छ। वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को नागेश्वरी क्षेत्र तथा वडा नम्बर ५ को सिंहथाप पुछारमा निगरानीका लागि जनशक्ति खटाइएको छ। हाल चार जना हेरालु बाँदर नियन्त्रण कार्यमा परिचालित रहेको जनाइएको छ।

पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा बाँदरबाट हुने कृषि क्षति बढ्दो क्रममा रहेको छ। विशेषगरी मकै, आलु, फलफूल तथा तरकारी खेतीमा व्यापक असर पर्न थालेपछि किसानले खेतीपाती नै छाड्नुपर्ने अवस्था आएको गुनासो स्थानीय तहहरूमा बढ्दै गएको छ।

0 Comments