२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री बैठकबाट बाहिरिए

अ+ अ-

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा बैठकबाट बाहिरिएका छन् ।

सोमबार बसेको संयुक्त बैठकमा राष्ट्रपतिले करिब एक घण्टा १० मिनेट लगाएर नीति तथा कार्यक्रम वाचन गरेका थिए । प्रधानमन्त्री शाहले सुरुवातमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको फाइल हस्तान्तरण गरे पनि वाचन पूरा हुनुअघि नै संसद् बैठक कक्ष छाडेका थिए ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्याल ले सांसदहरूलाई सम्मानस्वरूप उभिन आग्रह गरेका थिए । त्यसक्रममा सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल राष्ट्रपतिलाई बिदाइ गर्न बाहिरसम्म पुगेका थिए । तर प्रधानमन्त्रीको आसन भने खाली रहेको देखिएको थियो ।

संसदीय अभ्यासमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने क्रममा प्रधानमन्त्रीसहित सरकारका प्रमुख पदाधिकारी अन्त्यसम्म उपस्थित रहने परम्परा रहेको संसदीय मामिलाका जानकारहरू बताउँछन् । उनीहरूका अनुसार संसद्को संयुक्त बैठकलाई औपचारिक तथा मर्यादित कार्यक्रमका रूपमा लिइने भएकाले राष्ट्रप्रमुखको स्वागत र बिदाइ विशेष ढंगले गरिने अभ्यास रहँदै आएको छ ।

प्रधानमन्त्री शाह संसद् बैठक तथा संसदीय गतिविधिमा कम उपस्थित हुने गरेको टिप्पणीसमेत हुँदै आएको छ । उनी प्रधानमन्त्री नियुक्त भएपछि संसद्को यो दोस्रो अधिवेशन हो । सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित थिए भने सरकारका तर्फबाट कानुनमन्त्रीले अध्यादेशहरू पेश गरेकी थिइन् ।

प्रधानमन्त्री बैठकबाट बाहिरिएको विषयलाई लिएर राजनीतिक तथा संसदीय वृत्तमा विभिन्न प्रतिक्रिया आएका छन् । केही पूर्वपदाधिकारी तथा संसदीय अभ्यासका जानकारहरूले यसलाई अस्वाभाविक भएको बताएका छन् भने प्रधानमन्त्री सचिवालयले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

0 Comments