२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा उत्साह, परिसूचक २७ अंकभन्दा बढीले वृद्धि हुँदा कारोबार रकम पनि बढ्यो

अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ । जससँगै परिसूचक र कारोबार दुवैमा वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४९ अंकले उकालो लाग्दै १.०१ प्रतिशतको वृद्धि दर्ता गरेको छ । सो वृद्धिपछि बजार २७४५ अंकमा पुगेको छ, जुन दिनभरको साथै साप्ताहिक उच्च स्तर पनि रहेको उल्लेख छ ।

कारोबारको सुरुवातदेखि नै बजारमा सुधारको प्रवृत्ति देखिएको थियो र दिनभर सोही गति कायम रह्यो । यसअघि बिहीबार पनि नेप्से ६.९४ अंकले बढेको थियो । समग्र साप्ताहिक अवस्थालाई हेर्दा बजार स्थिरता तर्फ उन्मुख भएको संकेत देखिएको छ । गत साता बजार २७३८ अंकमा बन्द भएको थियो ।

यसैबीच कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

0 Comments