२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशमार्फत सरकार फासिस्ट दिशामा गएको चित्रबहादुर केसीको आरोप

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनप्रति आपत्ति जनाएका छन् ।

उनले उक्त कदमलाई अलोकतान्त्रिक र स्वेच्छाचारी प्रवृत्तिको संकेतका रूपमा टिप्पणी गरेका हुन् ।

बिहीबार जारी विज्ञप्तिमार्फत केसीले सरकारले सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले परिषद्को निर्णय प्रक्रियालाई विवादास्पद बनाएको बताएका छन् । अध्यादेशअनुसार ६ सदस्यीय परिषद्मा तीन सदस्यको निर्णयलाई बहुमत मान्ने प्रावधान राखिएको भन्दै उनले यसले सरकारलाई मनोमानी ढंगले निर्णय गर्न सक्ने अवस्था सिर्जना गर्ने दाबी गरे ।

उनले यस्तो व्यवस्थाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने र राज्य सञ्चालनलाई अधिनायकवादी दिशातर्फ धकेल्ने खतरा रहेको उल्लेख गरेका छन् । सरकारको प्रारम्भिक कार्यशैलीमै फासिस्ट प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले उक्त अध्यादेशको जनमोर्चाको तर्फबाट विरोध गरेका छन् ।

विज्ञप्तिमा विद्यार्थी, ट्रेड युनियन, सञ्चार क्षेत्र तथा सुकुमवासीहरूमाथि सरकारले दमनात्मक नीति अपनाएको आरोपसमेत लगाइएको छ । यस्ता गतिविधिप्रति जनस्तरमा असन्तोष र विरोध बढ्दै गएको तथा विभिन्न स्थानमा आन्दोलनका स्वर देखिन थालेको जनमोर्चाको भनाइ छ ।

सरकारका नीतिविरुद्ध भइरहेका आन्दोलन र विरोधका कार्यक्रमप्रति आफ्नो पार्टीले समर्थन र ऐक्यबद्धता जनाउने पनि अध्यक्ष केसीले बताएका छन् ।

0 Comments