२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्री यादवको दाबी : ‘वैदेशिक रोजगार ठगी नियन्त्रणमा डिजिटल प्रणाली विस्तार गरिएको छ’

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि डिजिटल प्रणाली विस्तार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री रामजी यादवले मन्त्रालयले ठगीसम्बन्धी उजुरी व्यवस्थापनलाई डिजिटलाइजेसनमार्फत व्यवस्थित गर्न काम सुरु गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार हालसम्म वैदेशिक रोजगार विभागमा दर्ता भएका करिब ४० हजार मुद्दामध्ये १३ हजार मुद्दा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी गरिएको छ, जसमा आठ हजार मुद्दा पहिले नै डिजिटलाइज भइसकेका छन् । बाँकी मुद्दा कारबाही प्रक्रियामा रहेको उनले बताए ।

मन्त्री यादवले अनुसन्धान तथा छानबिन कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयले १० जना अनुसन्धान अधिकृतको मागसमेत गरेको जानकारी दिए ।

उनका अनुसार विमानस्थलमार्फत विदेश जाने तथा फर्किने यात्रुहरूबाट वैदेशिक रोजगारसम्बन्धी ४३४ जनासँग विस्तृत प्रश्नावलीमार्फत तथ्य संकलन गरिएको छ । सो अध्ययनमा सहभागीमध्ये करिब ३८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको पाइएको उनले बताए ।

मन्त्रालयले अब स्थानीय तहबाटै श्रम स्वीकृति दिने व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ । उक्त प्रणाली आगामी सातादेखि कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको मन्त्री यादवले उल्लेख गरे ।

त्यसैगरी, हेलो सरकार र ह्वाट्सएपमार्फत प्राप्त उजुरीका आधारमा पछिल्लो २५ दिनमा १७८ जना श्रमिकको उद्धार गरिएको पनि उनले जानकारी दिए ।

समितिका सभापति रहबर अन्सारी ले वैदेशिक रोजगार क्षेत्रमा तत्काल समस्या शून्य हुने अवस्था नभए पनि कानुनी तथा संरचनागत सुधारमार्फत प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

बैठकमा सांसदहरू बुद्धिप्रसाद पन्त, प्रकाशसिंह कार्की, प्रकाश पाठक, रन्जु दर्शना, टेकबहादुर शाक्य र प्रभा कार्की लगायतले वैदेशिक रोजगार प्रणाली सुधार, स्वदेशमै रोजगारी सिर्जना र श्रमिक-उद्यमीबीच सन्तुलन कायम गर्न नीतिगत सुधार आवश्यक रहेको सुझाव दिएका थिए ।

0 Comments