काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत एसोसिएट समूहको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतको अन्तरले पराजित गरेका हुन्।
निर्वाचनमा एसोसिएट उपाध्यक्ष पदका लागि कुल १ हजार ८३४ मत खसेको थियो। अन्तिम मत परिणामअनुसार पाण्डेले १ हजार ७९ मत प्राप्त गरे भने श्रेष्ठले ७५० मत प्राप्त गरिन्।
त्यस्तै, एसोसिएट समूहको कार्यसमिति सदस्यतर्फ सचिन ढकाल सबैभन्दा बढी मतसहित विजयी भएका छन्। ढकालले १ हजार ३१८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। सो समूहमा कार्यसमिति सदस्यतर्फ १७ जना निर्वाचित भएका छन्।
अन्य विजयी सदस्यहरूमा हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३), उज्ज्वल कुमार श्रेष्ठ (११५६), शक्ति कुमार बेगानी (११४२), ऋषि अग्रवाल (११२२), सुशील थापा (१०९४), रामशरण भण्डारी (१०४३), राजेश कुमार अग्रवाल (१०८२), सुयस प्याकुरेल (१०६९), बाबुकाजी कार्की (१००६), दिवश न्यौपाने (९९१), कृष्ण लाल महर्जन (९७४), प्रियराज रेग्मी (९५४), इश्वर बहादुर जीसी (९४९), सुरज उप्रेती (९०७) र बटु लामिछाने (८६०) रहेका छन्।







