एजेन्सी । इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ । यो भवनमा भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ ।
इरानी विद्यार्थी सङ्गठन (आइएसएनए) ले एन्डिशे सहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार बेलुका ४:४० मा आगलागी भएको रिपोर्ट गरिएको थियो । भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिटै फैलिएको पाइदरनले बताएका छन् ।
आइएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।







