२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनका लागि कार्यदलद्वारा पूर्वउच्च अधिकारी र विज्ञहरूसँग विस्तृत परामर्श

अ+ अ-

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज पूर्वसंवैधानिक निकायका प्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्र तथा प्रशासनिक विज्ञहरूसँग व्यापक छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा चलेको उक्त परामर्शमा शासकीय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणाली तथा संवैधानिक निकायहरूको पुनर्संरचना लगायत विषयमा गहिरो छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा अघि बढाइएको कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमति र दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै अघि बढाइने स्पष्ट पारेको छ ।

संयोजक शाहले संविधान संशोधनलाई वर्तमान आवश्यकता र जनअपेक्षासँग जोडिएको विषयका रूपमा लिँदै यसलाई अत्यन्त संवेदनशील प्रक्रिया भएकाले चरणबद्ध र सावधानीपूर्वक अगाडि बढाइने जानकारी दिए ।

छलफलमा सहभागी विज्ञहरूले राज्य संरचनामा सुधारको आवश्यकता औँल्याउँदै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता कार्यान्वयन, प्रदेश तथा स्थानीय तहको अधिकार बाँडफाँट, स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूको प्रभावकारिताबारे सुझाव प्रस्तुत गरेका थिए ।

पूर्वमुख्यसचिव तथा विज्ञहरूले प्रत्यक्ष निर्वाचन प्रणालीसँगै समानुपातिक प्रतिनिधित्वलाई निरन्तरता दिनुपर्ने, राष्ट्रियसभाको संरचनामा पुनरावलोकन आवश्यक रहेको तथा कार्यकारी तहमा प्रतिनिधित्वको स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए । साथै, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार क्षेत्र स्पष्ट पार्दै स्थानीय तहलाई थप सशक्त बनाउने विषयमा जोड दिइएको थियो ।

त्यस्तै, कतिपय पूर्वप्रशासकहरूले सांसदहरूलाई कार्यपालिका जिम्मेवारीबाट अलग राखी कानुन निर्माणमै केन्द्रित गर्नुपर्ने र कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनमार्फत चयन हुनुपर्ने सुझाव समेत प्रस्तुत गरेका थिए । संवैधानिक परिषद्को संरचना पुनरावलोकन तथा केही निकायहरूको स्वायत्तता सुदृढ गर्नुपर्ने धारणा पनि बैठकमा उठाइएको थियो ।

विज्ञहरूले मन्त्रालयहरूको सङ्ख्या घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने तथा दक्षता र विज्ञतामा आधारित नियुक्ति प्रणाली विकास गर्नुपर्ने विषयलाई सकारात्मक रूपमा लिएका छन् । साथै, विद्यार्थी संगठन तथा राजनीतिक संरचनामा सुधारसम्बन्धी कदमप्रति पनि विभिन्न धारणा व्यक्त गरिएको जनाइएको छ ।

परराष्ट्र तथा नीति विज्ञहरूले भूराजनीतिक संवेदनशीलतामा विशेष ध्यान दिनुपर्ने, छिमेकी मुलुकसँग विश्वासपूर्ण सम्बन्ध कायम राख्नुपर्ने तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पुनरावलोकन आवश्यक रहेको सुझाव दिएका छन् । 

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कर प्रणालीमा एकरूपता ल्याउनुपर्ने र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषयमा पनि जोड दिइएको छ ।

कार्यदलले प्राप्त सुझावहरूलाई समेटेर बहस पत्रलाई थप परिष्कृत गर्दै आगामी चरणमा विस्तृत परामर्श प्रक्रिया अघि बढाइने जनाएको छ ।

0 Comments