२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि

अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारका प्रारम्भिक कामकारबाही जनहितअनुकूल नदेखिएको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुमबासीको पहिचान नगरी तथा वैकल्पिक बसोबासको व्यवस्था बिना संरचना हटाउने कार्यप्रति आपत्ति जनाए।

नेपालले आवासको अधिकार नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले उचित प्रक्रिया, पहिचान र पुन:स्थापनाको व्यवस्था नगरी बलपूर्वक हटाउने कदम स्वीकार्य हुन नसक्ने बताए। उनका अनुसार सरकारले पछिल्ला निर्णय र कार्यशैलीमार्फत क्रमशः जनविरोधी सन्देश दिएको छ।

उनले सरकारलाई सचेत गराउन आवश्यक रहेको उल्लेख गर्दै जनताको अधिकार संकुचित हुने किसिमका कदम रोक्नुपर्ने धारणा राखे।

नेपालले सरकारको सुरुआती संकेत सकारात्मक नरहेको टिप्पणी गर्दै नीतिगत निर्णय गर्दा उद्देश्य मात्र नभई कार्यान्वयनको तरिका पनि न्यायोचित हुनुपर्ने बताए।

उनले तत्कालै आरोप-प्रत्यारोपको राजनीतिमा जान नचाहेको स्पष्ट पार्दै सरकारलाई काम गर्ने अवसर दिनुपर्ने तर जनहित विपरीत निर्णय नगर्न आग्रह गरे।

0 Comments