२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई कर्मचारी र एक सेवाग्राही दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना

अ+ अ-

काठमाडौँ । महोत्तरीको जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयसँग सम्बन्धित जग्गा हिनामिनाको प्रकरणमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय निर्धारण गरेको छ।

निर्णयअनुसार कार्यालयमा कार्यरत दुई कर्मचारी र एक सेवाग्राहीको मिलेमतोबाट सरकारी स्वामित्वको जग्गा व्यक्तिगत नाममा दर्ता गरिएको पुष्टि भएको छ।

अदालतको निष्कर्ष अनुसार साबिक इटरहर्वाकट्टी क्षेत्रको करिब ५ कट्ठा १२ धुर क्षेत्रफल रहेको जग्गा, जसलाई नापी अभिलेखमा परती तथा सार्वजनिक प्रयोजनका रूपमा दर्ता गरिएको थियो । २०८० साल साउन महिनामा कम्प्युटर प्रणालीमार्फत अभिलेख अद्यावधिक गरी निजी स्वामित्वमा सारिएको देखिएको छ। अभिलेखमा उक्त जग्गा पहिले ‘विरहमा पोखरी’ का रूपमा चिनिने सरकारी जग्गा रहेको उल्लेख थियो।

उक्त कार्यमा मालपोत कार्यालयको मोठ शाखामा कार्यरत नायब सुब्बा र कम्प्युटर अपरेटरको संलग्नता देखिएको छ भने सेवाग्राहीसँगको सहकार्यमा गलत कागजात तयार पारेर जग्गा दर्ता गरिएको निष्कर्ष निकालिएको छ। यस विषयमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो र गैरकानुनी कार्यबाट राज्यलाई करिब १७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति पुगेको अभियोगसहित मुद्दा दायर गरिएको थियो।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै दुवै कर्मचारीलाई अलग-अलग प्रावधान अनुसार कैद र जरिवाना सजाय तोकेको छ। त्यस्तै, उक्त प्रकरणमा संलग्न सेवाग्राहीलाई पनि समान दण्ड निर्धारण गरिएको छ। साथै, तीनै जनालाई पीडित राहत कोषमा तोकिएको रकम बुझाउन आदेश दिइएको छ।

0 Comments