२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेलमा जलवायु उत्तरदायी भू-सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय समर स्कुल सुरु

अ+ अ-

धुलिखेल, काभ्रे। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा पहिलो पटक ‘समर स्कुल अन क्लाइमेट रेस्पोन्सिभ ल्यान्ड गभर्नेन्स’ शीर्षकको अन्तर्राष्ट्रिय तालिम कार्यक्रम मंगलबारदेखि सुरु भएको छ। जलवायु परिवर्तनका कारण भूमिमा पर्ने प्रभाव, बाढी-पहिरो लगायत प्राकृतिक प्रकोपबाट सिर्जित जोखिमको न्यूनीकरण, रोकथाम तथा क्षति व्यवस्थापनका साथै दिगो र जलवायु उत्थानशील भू-सुशासन प्रणाली विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आयोजना तथा ल्याण्डस्ट्याक इण्डिया र आइएलसी एसियाको सहआयोजनामा सञ्चालित उक्त कार्यक्रम सीएसआरसी, ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल, यूएन-ह्याविट्याट, काठमाडौँ विश्वविद्यालय, यूनिभर्सिटी अफ मेलबर्न (अष्ट्रेलिया) र क्यारिटास नेपालको सहकार्यमा सञ्चालन गरिएको हो। वैशाख ८ देखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन समारोहमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा. डा. मनीष पोखरेल, मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्ट, ल्याण्डस्ट्याक इण्डियाका निर्देशक प्रणव रंजन चौधुरी तथा भारतको हिमाचल प्रदेशका पूर्व मुख्यसचिव ब्रिज कुमार अग्रवाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका पदाधिकारी तथा जियोम्याटिक्स विधामा संलग्न शोधार्थी, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता रहेको छ।

उद्घाटन सत्रमा यूनिभर्सिटी अफ मेलबर्नकी प्राध्यापक डा. सेरिन हुले ‘क्लाइमेट रेस्पोन्सिभ ल्यान्ड गभर्नेन्स’ विषयमा विशेष प्रस्तुति दिँदै जलवायु परिवर्तनले भूमि व्यवस्थापन प्रणालीमा पारिरहेको प्रभाव तथा त्यसअनुसार उत्तरदायी नीति र व्यवहार विकासको आवश्यकतामाथि प्रकाश पारिन्। केन्द्रका निर्देशक रामकुमार सापकोटाले कार्यक्रमको उद्देश्य, संरचना र विषयवस्तुबारे जानकारी गराएका थिए।

कार्यक्रममा नेपालसहित भारत, म्यानमार र अष्ट्रेलियाबाट भूमि व्यवस्थापन तथा जलवायु क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा विद्यावारिधि अध्ययनरत शोधार्थीहरूको सहभागिता रहेको छ। कुल २३ जना प्रशिक्षार्थीमध्ये ५ जना विदेशी र १८ जना नेपाली सहभागी रहेका छन्।

तालिम कार्यक्रममा जलवायु जोखिम र भूसुशासन, प्रभावकारी भूमि प्रशासनका नीति, ‘फिट फर पर्पोज ल्याण्ड एडमिनिस्ट्रेशन, ‘फ्रेमवर्क फर इफेक्टिभ ल्याण्ड एडमिनिस्ट्रेशन, ‘ल्याण्ड गभर्नेन्स एसेसमेन्ट फ्रेमवर्क, भूसूचना प्रणालीको प्रयोग, लैङ्गिक समानता तथा समावेशी सामाजिक आयाम र कार्यान्वयनमुखी कार्ययोजना निर्माणलगायत विषयहरू समेटिने जनाइएको छ।

समर स्कुल अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी प्रभावित स्थलको स्थलगत अध्ययन तथा अवलोकन भ्रमणसमेत समावेश गरिएको छ। उक्त भ्रमणमार्फत सहभागीहरूले जलवायुजन्य विपद्का कारण भूमिको प्रयोग, जीविकोपार्जन र स्वामित्व प्रणालीमा परेको प्रभाव प्रत्यक्ष अध्ययन गर्नुका साथै स्थानीय समुदाय र सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमले जलवायु उत्तरदायी भूसुशासनसम्बन्धी ज्ञान अभिवृद्धि, क्षेत्रीय अनुभव आदान–प्रदान, नवीन प्रविधि तथा उपायहरूको खोजी र पेशागत सञ्जाल सुदृढीकरण गर्ने लक्ष्य राखेको छ। साथै सहभागीहरूलाई आफ्ना देश तथा क्षेत्रअनुसार कार्यान्वयनयोग्य योजना तयार गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। यस पहलले समावेशी, दिगो तथा जलवायु उत्थानशील भूसुशासन कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

0 Comments