२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र यात्राको नयाँ अध्याय: आर्टेमिस-२ तयारीमा

अ+ अ-

काठमाडौँ । झन्डै पाँच दशकपछि मानवलाई पुन: चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने संकेत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ ।

अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्नेछन्। उनीहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किनेछन् । करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सीधा फर्कने योजना समेटेको छ ।

यस मिसनमा सहभागी अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिन्छन् । कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसकेका छन् । पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी भएकी थिईन् । ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक हुन भने क्यानाडाका ह्यानसेन पहिलोपटक अन्तरिक्ष यात्रामा निस्कँदैछन्। वाइजम्यानले अनुभवी कमाण्डरका रूपमा टोलीको नेतृत्व गरिरहेका छन् ।

मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न–५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ । यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्रीहरू बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाहसम्बन्धी समस्याले परीक्षणहरू प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ ।

उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको उच्च कक्षामा परिक्रमा गर्नेछन् । त्यसपछि उनीहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास गर्नेछन्। सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउनेछ । ‘फ्रि–रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिनेछ ।

उडानको छैटौँ दिन यान पृथ्वीबाट सबैभन्दा टाढाको विन्दुमा पुग्नेछ, जुन अपोलो–१३ को रेकर्डभन्दा पनि पर हुनेछ । चन्द्रमाबाट करिब आठ हजार किलोमिटर टाढा पुग्दा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भाग नजिकबाट अवलोकन गर्नुहुनेछ । यो क्षेत्र मानव आँखाले प्रत्यक्ष हेर्न पाएको अत्यन्तै दुर्लभ अवसर हुनेछ । टोलीले यस क्रममा व्यापक तस्बिरहरू खिच्ने तयारी गरेको छ, जसका लागि अत्याधुनिक क्यामेरा र स्मार्टफोनहरू पनि साथमा लगिनेछन् ।

नासाका खगोलविद् केल्सी यङले चन्द्रमालाई ‘विश्वलाई जोड्ने साझा वस्तु’ भन्दै यस मिसनले मानिसहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे। विशेष गरी चन्द्रमाको टाढाको भागबारे प्रत्यक्ष अवलोकनले वैज्ञानिक अनुसन्धानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

मिसनको अन्त्य अपोलो कार्यक्रमजस्तै प्रशान्त महासागरमा स्प्ल्यासडाउनमार्फत हुनेछ । पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्दा ओरियन क्याप्सुलको तातो ढाल सबैभन्दा महत्त्वपूर्ण पक्ष हुनेछ, जसले सन् २०२२ को परीक्षण उडानमा कडा परीक्षा सामना गरेको थियो । यसपटक भने अवतरण प्रक्रियालाई छोट्याएर तापीय जोखिम घटाउने योजना बनाइएको छ ।

समग्रमा, आर्टेमिस–२ मिसनलाई चन्द्रमामा पुन: मानव उपस्थितिको मार्ग तयार गर्ने प्रारम्भिक तर निर्णायक कदमका रूपमा हेरिएको छ, जसले भविष्यमा चन्द्र अवतरण र दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ढोका खोल्नेछ ।