२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

अ+ अ-

नेपालगञ्ज। खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ ।

जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा.हरेराम यादवले जानकारी दिए। उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताए ।

उनले भने, “खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।” सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

डा यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ गरिएको बताए । पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा दैनिक रूपमा नष्ट गरिएको छ ।

उनले भने, “हामीलाई विभागबाट स्पष्ट निर्देशन आएको छ र हामी सचेत छौँ । तराईसँग खुला सीमा जोडिएका जिल्लामा बर्ड फ्लूको जोखिम देखिएको छ ।” नियमित रूपमा कार्यालयबाट हुने जनचेतानमूलक कार्यक्रम भइरहेको डा. यादवको भनाइ छ ।

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा.गणेशबहादुर पुनले चल्ला आयातमा उच्च सर्तकता अपनाएको बताए । जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमूनाह नाकालगायत विभिन्न क्षेत्र खुला सीमा नाका रहेका छन् ।