काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफू सन्तुष्ट रहेको र भविष्यका लागि आशा बोकेर बिदा हुन लागेको जानकारी दिइन्।
राष्ट्रको नाममा आज दिइएको सम्बोधनमा उनले ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रधानमन्त्रीको जिम्मेवारी ग्रहण गरेको स्मरण गराउँदै, अब आफ्नो कार्यकाल पूरा गर्दै बिदा हुन लागेको बताइन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा हासिल केही उपलब्धिका लागि सन्तुष्ट रहेको र आगामी सरकारले देशको हितमा काम गर्ने अपेक्षा राखिन्।
*यस समाचारमा प्राविधिक त्रुटिका कारण असम्बन्धित वाक्यांश समावेश भएकोमा सच्याइएको छ । असुविधाप्रति क्षमाप्रार्थी छौँ । सं.







