२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी बजेटमा निर्यातमुखी कार्यक्रम विस्तार गर्न सरोकारवालाको सुझाव

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट निर्माण प्रक्रियामा निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा सरोकारवाला पक्षहरूले जोड दिएका छन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको पूर्व-बजेट छलफल कार्यक्रममा निर्यातकर्ता, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि र वस्तुगत महासंघका सरोकारवालाहरूले निर्यात वृद्धि उन्मुख नीतिगत व्यवस्थालाई सुदृढ गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यात क्षेत्रको अपेक्षा र चुनौतीलाई बजेटमार्फत सम्बोधन गर्दै समग्र निर्यात क्षमतामा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित बजेटपूर्व छलफल गरिएको हो।

यसै क्रममा निराजनबहादुर चलाउनेले निर्यातसम्बन्धी कार्यक्रमहरूको आकार र दायरा विस्तार गर्नुपर्नेमा जोड दिए। उनले निर्यातकर्ताले भोग्दै आएका व्यावहारिक समस्यालाई प्राथमिकतामा राखी बजेटमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।

छलफलमा सहभागीहरूले उत्पादन, प्रविधि, बजार पहुँच र नीतिगत सहजीकरणलाई सँगसँगै अघि बढाउँदै निर्यातमुखी अर्थतन्त्र निर्माणतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्।