२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो राजीनामा आकस्मिक वा दबाबमा परेर नभएको गगन थापाले स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले आफ्नो राजीनामा आकस्मिक वा दबाबमा परेर नभएको स्पष्ट पारेका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने निर्णय व्यक्तिगत मनस्थिति र जिम्मेवारी बोधका आधारमा गरिएको बताए।

उनका अनुसार विशेष महाधिवेशनपछि नेतृत्व सम्हालेर निर्वाचनमा गएको र त्यसपछि देखिएको परिणामलाई ध्यानमा राख्दै उनले जबाफदेहीताका आधारमा पद त्याग गर्ने निर्णय गरेका हुन्।

थापाले निर्वाचन सम्पन्न भएपछि तत्काल राजीनामा दिने सोच भए पनि निर्वाचनसम्बन्धी औपचारिक प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले निर्णय केही समय पर धकेलिएको उल्लेख गरे। उनले पार्टीभित्र तथा बाहिर उठेका विभिन्न टिप्पणीहरूलाई आफ्नो प्रत्यक्ष सरोकारको विषय नमान्ने धारणा पनि व्यक्त गरे।

उनका अनुसार आफूले उपसभापति समक्ष आफ्नो मनस्थिति पहिल्यै साझा गरेको र त्यसपछि औपचारिक रूपमा राजीनामा प्रस्तुत गरिएको हो। निर्णय कुनै बाह्य दबाबमा नभई आन्तरिक उत्तरदायित्वका आधारमा गरिएको उनले दोहोर्‍याए।

साथै, निर्वाचनपछि पार्टी प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको उल्लेख गर्दै उक्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।