२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ-दुबई रुटमा अतिरिक्त उडान सञ्चालन

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई हवाई मार्गमा थप उडान सञ्चालन गर्ने भएको छ। यात्रुको चाप तथा मागलाई ध्यानमा राख्दै निगमले दुई अतिरिक्त उडान तालिका सार्वजनिक गरेको हो।

निगमका अनुसार मार्च २५ तारिखमा काठमाडौँबाट दुबईका लागि उडान सञ्चालन हुनेछ भने सोही रुटको दुबई–काठमाडौँ फिर्ता उडान मार्च २६ मा हुने तय गरिएको छ। त्यसैगरी अर्को उडान मार्च २७ मा काठमाडौँबाट प्रस्थान गर्नेछ र मार्च २८ मा दुबईबाट फर्किने तालिका रहेको छ।

उक्त उडानहरू काठमाडौँबाट स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा प्रस्थान गर्ने गरी व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमले पूर्व निर्धारित मितिमा टिकट लिएर यात्रा गर्न असमर्थ भएका यात्रुलाई प्राथमिकता दिइने उल्लेख गरेको छ। विशेष गरी फेब्रुअरी २८ देखि मार्चसम्मको अवधिका टिकटधारी यात्रुहरूलाई अवसर प्रदान गरिने व्यवस्था गरिएको छ।

यसैबीच, मार्च २५ र २७ का उडानमा अत्यावश्यक यात्राका लागि मात्र पुनः टिकट प्रमाणीकरण गर्नुपर्ने शर्त राखिएको छ। सिटको उपलब्धताका आधारमा पहिला सम्पर्क गर्ने यात्रुलाई प्राथमिकता दिइने निगमको सूचनामा उल्लेख छ।

अतिरिक्त उडानमार्फत यात्रु व्यवस्थापन सहज बनाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य लिइएको निगमले जनाएको छ।