२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईद्वारा निर्वाचन परिणामबारे सुझाव संकलन अभियान सुरु

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको परिणामबारे कारण पहिचान गर्न सुझाव माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीको अवस्थाबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै राय-सुझाव संकलन सुरु गरेका हुन्।

भट्टराईले निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै यसको वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार आन्तरिक र बाह्य दुवै पक्षको प्रभावलाई समेटेर निष्पक्ष समीक्षा गर्न आवश्यक छ।

उनले पार्टीको संगठनात्मक सुदृढीकरण, नेतृत्व, कार्यशैली, नीति, व्यवस्थापन तथा प्रचार–प्रसार लगायतका पक्षहरूमा देखिएका कमजोरी पहिचान गरी सुधारका उपाय प्रस्तुत गर्न आग्रह गरेका छन्। साथै, एमालेको पुनर्संरचना, रूपान्तरण र पुनर्जागरणका लागि स्पष्ट योजना र कार्यदिशा आवश्यक रहेको उनको भनाइ छ।

यस क्रममा उनले पार्टी संरचनाभित्र जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै सुझावमार्फत समाधान खोज्ने प्रयास गर्नुपर्ने धारणा राखेका छन्। उनले पार्टी पंक्तिलाई तीन मुख्य प्रश्नमा केन्द्रित भई आफ्ना धारणा पठाउन अनुरोध गरेका छन्।

भट्टराईका अनुसार निर्वाचनमा कमजोर परिणाम आउनुका सम्भावित कारणहरू, संगठनात्मक सुधारका उपायहरू तथा पार्टीका सबल–दुर्बल पक्ष र भविष्यका सम्भावनाबारे सुझाव संकलन गरिनेछ। उक्त सुझावहरूका आधारमा पार्टीभित्र थप समीक्षा र आगामी रणनीति तय गर्ने जनाइएको छ ।