२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

अ+ अ-

इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ ।

कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने यस अवार्ड समारोहमा कोशी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ ।

अवार्डका विधाहरूमा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटो मोबाइल, संगीत, बैंकिङ, इन्स्योरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअपलगायत क्षेत्र समेटिएका छन् ।

कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरू, विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहनेछ । आयोजकका अनुसार कार्यक्रममा करिब पाँच सयभन्दा बढी विशिष्ट व्यक्ति, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमले कोशी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने लक्ष्य राखेको निर्देशक थापाले बताए। यसअघि फागुन ७ गतेका लागि तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भई आज आयोजना हुन लागेको हो ।