२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैंगीक समानता, अपांगतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२-२०९१ (जेड्सी)’ लागू गरेको छ।

१० वर्षदेखि तयारी गर्दै आएको उक्त रणनीति फागुन १५ गते देखि स्वीकृत भई लागू गरिएको हो । आज मन्त्रालयले कार्यक्रम आयोजना गरी वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले रणनीति दस्तावेज सार्वजनिक गरे । उनले भने, “वन क्षेत्रमा लैंगीक सहभागिताले महिलाको नेतृत्व विकासमा ठूलो टेवा पुर्‍याएको छ ।”

मन्त्री चौलागाईंले हालै पारित भएको रणनीतिलाई सबै क्षेत्रमा व्यावहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गरे । साथै, नीतिसँगै नियती बदलेर लैंगीक मैत्री कार्यस्थल बनाउन समेत उनले जोड दिए । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले रणनीति आउनु आफैँमा पहिलो सफलता रहेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न सम्बन्धित क्षेत्रको प्रमुख दायित्व हुने बताए। लैंगीक मैत्री समाजिक न्याय स्थापना गर्न आवश्यक बजेटको समेत महत्व हुने हुँदा यसतर्फ संवेदनशील हुन जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यरत विभिन्न विभागका लैंगीक सम्पर्क व्यक्तिलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

सो अवसरमा वन मन्त्रालयकी उपसचिव दीपा ओलीले हालै लागू गरिएको वन तथा वातावरण क्षेत्रको लैंगीक समानता, अपांगतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना (२०८२-२०९१) मा समावेश गरिएका महत्त्वपूर्ण बुँदा प्रस्तुत गरिन् ।

विभिन्न ७४ रणनीतिअन्तर्गत कार्ययोजना समेटिएको छ । जसमा हरेक पाँच वर्षमा रणनीति तथा कार्य योजनाको पुनरावलोकन गर्ने तथा हरेक तीन वर्षमा वन क्षेत्रमा लैंगीक मूलप्रवाहीकरण राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने उल्लेख छ ।

त्यस्तै, रणनीतिमा महिला कर्मचारीलाई वन परिसरमा सुविधायुक्त शिशु स्याहार केन्द्रको स्थापना र सञ्चालन गर्ने, महिला कर्मचारी सरुवा गर्दा बच्चा भएको दुई वर्षसम्म साथै माग भई आएमा श्रीमान्-श्रीमती दुवैलाई एकै जिल्लामा हुने गरी सरुवा मापदण्ड बनाई कार्यान्वयन गर्ने, अपांगमैत्री सवारीसाधनको व्यवस्था मिलाउने, कार्यालयमा रहेका स्रोत र साधन महिला एवं अपांग मैत्री बनाउनेलगायतका बुँदा समावेश गरिएको छ।

कार्यक्रममा सामुदायिक वनका महासचिव पार्वता गौतम, वन प्राधिकरण संघका अध्यक्ष राकेश कर्ण, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ, लैंगीक समानता विज्ञ कञ्चन लामालगायतले रणनीतिको महत्वबारे धारणा राखेका थिए ।