२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील

अ+ अ-

खोटाङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १२० मतदाता छन् ।

जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उनले बताए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा. हरि रोका, नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङको उम्मेदवारी परेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ, राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँका उम्मेदवारले ग्रामीण क्षेत्रको विकाससँगै स्वास्थ्य, शिक्षा, श्रम, वैदेशिक रोजगारलगायत क्षेत्रमा सुधार गर्दै सुशासन कायम गराउने प्रतिबद्धता जनाएका छन् । किसानका समस्या समाधान गर्ने नीति निर्माण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, भ्रष्टाचार अन्त्यका लागि योजनाबद्ध काम गर्ने, कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिनेलगायत एजेण्डा लिएर उम्मेदवार घरदैलो गरिरहेका छन् । मतदाताले पनि जनहितमा काम गर्नेलाई मतदान गर्ने बताउँदै आएका छन् ।