२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानले सन्यैवाद तर्फ नयाँ कदम चालेको भन्दै चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन आग्रह

अ+ अ-

काठमाडौँ । चीनको रक्षा मन्त्रालयले जापानलाई नव–सैन्यवादतर्फ “लापरवाह“ कदम चालेको आरोप लगाउदै अन्तर्राष्ट्रिय समुदायलाई “अत्यधिक सतर्क रहन आह्वान गरेको छ ।

चालु वर्षका प्रमुख सुरक्षा कागजातहरू संशोधन गर्ने र रक्षा उपकरणको निर्यातलाई नियन्त्रण गर्ने सिद्धान्तहरू संशोधन गर्ने छलफललाई गति दिने जापानी सरकारको योजनाको जवाफमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता झाङ सिया ओगाङले यस्तो टिप्पणी गरेका छन् ।

यसै वीच झाङले चीनले आफ्नो क्षेत्रीय सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न सान्दर्भिक सैन्य कारबाही गर्दा घरेलु र अन्तर्राष्ट्रिय कानूनको पूर्ण रूपमा अनुपालन हुने गरी वैध र न्यायसंगत“ हुने गरी गरेको समेत उनले बताएका छन् ।

जापानको युद्धकालीन इतिहासको वास्तविकता उजागर गर्दै झाङले विगत नबिर्सिएको बताएका छन् । उनले जापानले पहिले आफ्नो अस्तित्वको खतराको दाबीलाई आक्रमणको युद्ध सुरु गर्ने बहानाको रूपमा प्रयोग गरी सैन्यवाद अवलम्वन गरेको आरोप लगाउदै यसको माध्यामबाट जापानले आफ्ना एसियाली छिमेकीहरू र विश्व विरुद्ध जघन्य अपराध गरेको जनाए ।

उनले जापानका दक्षिणपन्थी शक्तिहरूले बाह्य खतराहरूको बारेमा गरेको बयानबाजीलाई पुन: र्जीवित गरिरहेको जनाउदै सैन्य विस्तारको आडमा औचित्य प्रमाणित गर्ने र लुकेको राजनीतिक एजेन्डालाई पछ्याउने प्रयास गरिरहेको बताएका छन् ।

यसै विच झाङले अन्तर्राष्ट्रिय समुदायलाई अत्यधिक सतर्क रहन, नव–सैन्यवादतर्फ जापानको लापरवाह चालको दृढतापूर्वक विरोध गर्न र दोस्रो विश्वयुद्धको विजयी परिणाम र युद्ध पछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई समर्थन गर्न आह्वान गरे ।

उनले जापान “गलत प्रयास गरी इतिहास उल्टाउने मार्गमा अघि बढेको चेतावनी दिँदै यस्तो अभ्यासले ठूलो हार बेहोर्ने बताए ।