२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ निवासी २२ वर्षीय सञ्जित स्याङतान र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल पठाइएमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।

हेटौँडा बजारबाट मनहरीतर्फ जाँदैगरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाइ नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ ।

दुर्घटनापछि फरार भएको ट्रकलाई पर्सा वीरगञ्ज महानगरपालिका-१३ पर्तिमाचोकस्थित ग्यारेजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका-३ निवासी ३६ वर्षीय अनिल साह फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।