२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्ध लड्नेदेखि रुकुमको गरिबी अन्त्य गर्नेसम्म जनार्दनको २१ बुँदे प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले आफ्नो २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेका प्रतिबद्धतामा भ्रष्टाचारविरुद्ध लड्नेदेखि रुकुमको गरिबी अन्त्य गर्नेसम्मका उल्लेख गरेका छन् ।

राजनीतिमा व्याप्त विकृति, विसंगती, राजनीतिलाई व्यापार र व्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम बनाउने प्रवृत्ति, तथा जनमतको दुरुपयोग र प्रतिशोधको भावना विरुद्ध लड्ने जनाएका छन्।

प्रतिबद्धतामा समाजलाई सभ्य, सम्पन्न, शान्त र लोकतान्त्रिक बनाउनुको सट्टा गाली–गलौच मार्फत आफूलाई राम्रो देखाउने, अपारदर्शिता, विलासिता र पारिवारिक स्वार्थ जस्ता खराब व्यवहारलाई निरुत्साहित गर्ने उल्लेख गरिएको छ ।

भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा उभिँदै, जनचेतना अभिवृद्धि र दबाब सिर्जना गर्ने तथा नीतिगत सुधार र बलियो संरचनामार्फत भ्रष्टाचार निवारणमा सक्रिय रहने, रुकुममा विद्यमान गरिबी अन्त्य र बेरोजगारी निवारणका लागि जल, जमिन, जंगल, खानी र पर्यटकीय क्षेत्रको अधिकतम उपयोग गरिने जनाएको छ।

त्यसतै दश वर्षभित्र गरिबी, बेरोजगारी र विभेदमुक्त समाज निर्माण गर्दै आधारभूत आवश्यकताको पूर्णता सुनिश्चित गरी रुकुमलाई विकासको एउटा नवीन मोडेल बनाउनेसम्म उल्लेख छ।