२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनले एमालेविरुद्ध फैलाएका भ्रम चिर्ने मौका मिलेको शंकर पोखरेलको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनको मौका पारेर जनतामा जाँदा आफ्नो पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्ने मौका मिलेको टिप्पणी गरेका छन् ।

दाङ-२ मा उम्मेदवार रहेका महासचिव पोखरेलले सोमबार मतदाता भेटघाटका क्रममा चुनावले भ्रम चिर्ने अवसर प्रदान गरेको बताएका हुन् ।

‘मत माग्न आउँदा संघ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको छ,’ महासचिव पोखरेलले भने ।

मतदाता भेटघाटका क्रममा घोराही उपमहानगरपालिका–६ को लालीगुराँस टोलमा पुग्दा पोखरेलले त्यहाँ निर्माण सुरु भएको सडक र सिँचाइको योजनाको निरीक्षणसमेत गरेका थिए । स्थानीयवासीले सो कामका लागि धन्यवाद दिँदै सडक ग्राभेल र कर्ल्भट निर्माण गर्न माग राखेका थिए ।

महासचिव पोखरेलले प्रचारका क्रममा स्थानीयले चुनावका बेला गरिएका बाचाहरू पूरा भएको दाबी गर्दै तिनै विकासका काम हेरेर मत दिन मतदातासँग आग्रह गरेका थिए ।

पोखरेलले बस्ती बस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था, किसानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।