२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षाबारे काँग्रेसको चिन्ता, भयरहित वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचन शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न हुने विषयमा आशंका व्यक्त गर्दै प्रक्रिया अवरुद्ध गर्न खोज्ने समूहहरू अझै सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता देवराज चालिसे ले निर्वाचन प्रक्रियामा असहजता उत्पन्न गर्ने गतिविधि देखिएको दाबी गरेका हुन्।

उनले आफ्नो पार्टीले भयको राजनीति नगर्ने स्पष्ट पार्दै लोकतान्त्रिक अभ्यासलाई प्रभावित पार्ने कुनै प्रयास स्वीकार्य नहुने बताए। काँग्रेसले विभिन्न चरणका संघर्ष पार गर्दै वर्तमान अवस्थासम्म पुगेको उल्लेख गर्दै अन्य राजनीतिक शक्तिलाई पनि त्रास सिर्जना गर्ने गतिविधिबाट टाढा रहन आग्रह गरिएको उनले बताए।

प्रवक्ता चालिसेले सरकारलाई निर्वाचन अवधिभर मतदाता र उम्मेदवारले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न आवश्यक सुरक्षा तथा व्यवस्थापनमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्। साथै, विभिन्न दलका झण्डा जलाउनेजस्ता गतिविधिलाई अस्वीकार्य र निन्दनीय भएको टिप्पणी पनि गरिएको छ।

पत्रकार सम्मेलनमा उनले पार्टीको संगठनात्मक रूपान्तरणप्रति जनस्तरमा सकारात्मक प्रतिक्रिया देखिएको दाबी गर्दै त्यसले राजनीतिक वातावरणमा उत्साह थपेको उल्लेख गरे।