२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

अ+ अ-

कास्की । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार पाउँदा उपविजेता जावलाखेलले रु सात लाख एक हजार र ट्रफीमा चित्त बुझायो । सहाराले विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो ।

सहारालाई च्याम्पियन बनाउने क्रममा खेलको २५औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार निउरेले गोल गरे । सुशील लामाको कर्नर बललाई निउरेले उत्कृष्ट हेड गर्दै गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा पुन: एक गोल थप्न सफल भयो । खेलको ७३ औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत गोल गरेपछि टोलीको जित पक्का गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरे घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पाए । यसैगरी उत्कृष्ट डिफेन्डर सहाराका बादारु घोषित, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदियमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राईकर जावलाखेल युथ क्लबका धर्वेन्द कुँवर, गोलकिपर सहाराका टीकेन्द्र थापा, मिडफिल्डर जावलाखेलका बाउबकर सिसिको, प्रशिक्षक सहाराका सुनिल रानामागर र ‘फेयर प्ले अवार्ड’ आभा फुटबल क्लब उज्वेकिस्तानले पाए ।

उनीहरूले जनही नगद रु २५ हजार पुरस्कार पाएका छन् । सहारा क्लब पोखराको आयोजनामा गत माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

विजेता खेलाडी गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, मुख्य प्रायोजक हिमश्री फ्ड्सका कार्यकारी निर्देशक प्रकाश केसी लगायतले पुरस्कार वितरण गरे ।