२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका लागि धनकुटामा ९९९ जना कर्मचारी परिचालन

अ+ अ-

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा ९९९ जना कर्मचारी परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले सूचना जारी गर्दै फागुन २१ गते हुने गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाका १६६ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि ९९९ जना कर्मचारी परिचालन गरिएको जनाएको छ । 

परिचालन गरिएको कर्मचारीमध्ये हरेक मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा तीनजनाका दरले कर्मचारी खटाइनेछ । 

निर्वाचन आयोगको निर्णयअनुसार तीन सयजनाभन्दा कम मतदाता रहेको मतदान केन्द्रमा पाँचजना मात्र कर्मचारी परिचालन गर्ने भए पनि चौबिसे गाउँपालिकाको तीनवटा मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता भएकाले ती तीनवटा मतदान केन्द्रमा पाँचजनाका दरले मात्र कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । 

तीन सयभन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र र अस्थायी मतदान केन्द्रबाहेकका सबै मतदान केन्द्रहरुमा ६ जनाको दरले कर्मचारी खटाइनेछ । हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीनजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगी परिचालन गरिने बताइएको छ ।

तर, अस्थायी मतदान केन्द्रमा भने तीनजना मात्र कर्मचारी खटाइनेछ । त्यस्तै मतदान केन्द्रमा खटिएका कर्मचारीले पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा तीनजना र पाँच सयभन्दा कम मतदाता भएको केन्द्रमा दुईजनाका दरले स्वयंसेवक नियुक्त गर्ने व्यवस्था गरिएको छ ।

उक्त निर्वाचनका लागि परिचालन गरिएका सम्पूर्ण कर्मचारीलाई यसै हप्ता निर्वाचनबारेमा तालिम दिइनेछ । परिचालित कर्मचारीहरूलाई भौगोलिक अवस्था र दूरीको हिसाबले पारिश्रमिक दिइनेछ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा पुरुष ५९ हजार ४८३ जना र महिला ५८ हजार ९४२ जना गरी कुल एक लाख १८ हजार ४२५ जना मतदाता रहेका छन् भने ११९ मतदानस्थल र १६६ मतदान केन्द्र तोकिएका छन् ।