२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र सेवा प्रवाह केन्द्रित एजेन्डासहित बर्तौलाको प्रतिबद्धता सार्वजनिक

अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्ला क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौलाले मतदातामाझ आफ्ना प्राथमिकता र कार्ययोजना समेटिएको प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उम्मेदवार बर्तौलाले बिहीबार सार्वजनिक गरेको १० बुँदे दस्ताबेजमा क्षेत्रीय समस्या समाधानलाई मुख्य केन्द्रमा राखिएको छ। 

विशेष गरी मध्यवर्ती क्षेत्रसँग सम्बन्धित भूमि व्यवस्थापन, कानुनी अधिकार सुनिश्चितता तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राख्दै क्षतिपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने विषय उल्लेख गरिएको छ। साथै सो क्षेत्रको सीमांकनसम्बन्धी विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

पूर्वाधार विकासतर्फ खानेपानी आपूर्ति विस्तार, सिँचाइ सुविधा सुदृढीकरण, कृषि प्रवर्द्धन तथा सञ्चार पहुँच वृद्धि गर्ने योजना समावेश गरिएको छ। नदी कटान तथा बाढी जोखिम नियन्त्रणका लागि तटबन्ध निर्माण, सडक सञ्जाल विस्तार र पुल निर्माणलाई पनि प्राथमिक कार्यसूचीमा राखिएको जनाइएको छ।

स्वास्थ्य सेवा सहज बनाउने, कृषि उत्पादन वृद्धि तथा बजार व्यवस्थापन सुधार गर्ने, शिक्षाको गुणस्तर उकास्ने र युवा तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्यसहित समग्र विकासका कार्यक्रम अघि सारिएको प्रतिबद्धतामा उल्लेख छ।

उम्मेदवारले स्थानीय आवश्यकतामा आधारित योजनामार्फत क्षेत्रको दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको बताएका छन्।