काठमाडौँ । काभ्रेको बनेपा बजारमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दूरसञ्चार नजिकै बुधबार बिहानै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको थियो ।
टिपरको ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । आक्रोशित स्थानीयले टिपरमा आगजनी गर्नुको साथै तोडफोड गरेका थिए ।
मृतकको शव भने अस्पताल लगिएको छ । उनको आफन्तहरू अस्पतालमा रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो । दुर्घटना सँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।







