२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुलुस र आमसभा गर्नुअघि अनिवार्य अनुमति लिन आग्रह

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन रोल्पा प्रशासनले आग्रह गरेको छ ।

निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्ला प्रशासन कार्यालय रोल्पाले आग्रह गरेको हो ।

आयोगले निर्वाचनका लागि फागुन ४ गते देखि जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजनीतिक दल, उम्मेदवार र दलका संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । विशेषगरी सार्वजनिक स्थलमा कुनै पनि प्रकारको जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टाअगावै मिति, समय, मार्ग र स्थान खुलाएर जानकारी गराइ अनुमति लिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय रोल्पामा निवेदन दिन सक्ने जनाइएको छ । साथै कार्यालयको इमेल ठेगानामार्फत पनि निवेदन दर्ता गर्न सकिने रोल्पा प्रशासनले जनाएको छ ।