२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम : रामप्रसाद भण्डारी

अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको बताएका छन् । 

निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालका संघसंस्था तथा कलाकारहरूसँग अन्तरक्रियामा उनले मिथ्या र गलत सूचना रोकी स्वच्छ प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै आचारसंहिता जारी गरेर कार्यान्वयनमा लगिएको बताए । निर्वाचन लोकतन्त्रको प्राण भएकाले सही सूचना प्रवाह गरेर सफल बनाउने दायित्व सबैको भएको उनको भनाइ थियो ।

“हामी प्रेस स्वतन्त्रता विरोधी होइनौँ, निर्वाचन आचारसंहिता लागू भएका बेला कुराकानीका आधारमा तयार पारिएको सामग्रीका आधारमा हारजित भनी प्रकाशन गरिँदा मानिसलाई दिग्भ्रमित बनाएको छ, यसरी अरू उम्मेदवारलाई हतोत्साही नबनाऔँ, कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएका सामग्रीले पनि भ्रम फैल्याएको छ, यस्तो प्रचारप्रसार रोकेर स्वच्छ रूपमा निर्वाचन हुने वातावरण बनाऔँ”, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने।

यो उम्मेदवार ठिक यो बेठीक भन्ने खालका समाचार सम्प्रेषण नगर्न पनि उहाँले आग्रह गरे । लयबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउने माध्यम फागुन २१ गतेको निर्वाचन भएकाले यसलाई सफल पार्न सबैको सहयोग हुनुपर्ने, नयाँ थपिएका साढे नौ लाख मतदाताका कारण मतदान प्रतिशत बढ्ने र बदर हुने मतसङ्ख्या घट्ने विश्वास पनि गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । 

आयोगका सचिव कृष्णबहादुर राउतले कलाकार र ‘कन्टेन्ट क्रियटर’ लाई मतदाता शिक्षा प्रदान गर्न सद्भावना दूतका रूपमा काम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको बताए । मतदाता शिक्षाका सही सूचना प्रदान गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको उनको भनाइ थियो । मतदाता शिक्षा पहिलो पटक मतदान गर्नेलाई प्रेरित गर्न निर्णायक हुने विश्वास गरिएको छ । गलत सूचनाले लोकतन्त्रलाई असर गर्ने भएकाले ९० प्रतिशत इन्टरनेट प्रयोगकर्तालाई मतदाता शिक्षा दिन कार्यक्रमले सहयोग गर्ने सचिव राउतको विश्वास थियो ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका बारेमा प्रस्तुति गर्दै आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०७९ सालको भन्दा यसपटक नौ लाख १५ हजार मतदाता थपिएको जानकारी दिए । १६ वर्ष पूरा भएका युवालाई मतदाता नामावलीमा समावेश गरी निर्वाचन हुने अघिल्लो दिन १८ वर्ष पूरा हुने जतिलाई मतदाता सूचीमा समावेश गर्ने गरिएको पनि उनले सुनाए । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा एजेण्डा लिएर नआउने र मतदाताले पनि त्यसका आधारमा मत नदिने गरेकाले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको निर्वाचन प्रक्रियामा समस्या आउने गरेको बताए ।