२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-१: हात्तीको कहरबाट जोगाउनेलाई मत

अ+ अ-

झापा । मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छन् । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजे । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ ।

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर(१, २, ३) र ४ सम्म फैलिएको सिंगो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जंगली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ ।

अन्यत्र झैँ झापा निर्वाचन क्षेत्र नं १ मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार आश्वासनको झोला बोकेर घरदैलोमा पुग्न थालिसकेका छन् । मेचीनगरको १, २, ३ र ४ नं वडा संघीयता आउनुअघि साविक बाहुनडाँगी गाविसको अंग थिए । यहाँका २२ हजारभन्दा बढी मतदाता अहिले हात्तीको त्रासबाट जसले समाधान दिन्छ उसैलाई मत दिने भनेर साझा अभिमत व्यक्त गरिरहेका छन् ।

“अहिलेसम्म एक जना उम्मेदवार मात्र आउनुभएको छ, अरू पनि आउनुहोला”, तोरीको थुप्रो पन्छाउँदै स्थानीय पुरीले भने, “हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ ।”

पटकपटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो, तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ । भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको छ । तर, स्थानीयका अनुसार ती तारबार अहिले ‘हात्तीका लागि खेलौना’ जस्तै भएका छन् । हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्नेक्रम रोकिएको छैन ।

कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरीले देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको बताए । उनले यसपटक मत माग्न घरदैलोमा आउने हरेक उम्मेदवारसँग हात्तीको समस्या समाधानका लागि ‘चित्तबुझ्दो र दीर्घकालीन’ योजना के छ भनेर प्रश्न सोध्ने गरिएको बताए ।

झापा–१ मा राजनीतिक दलका १३ र स्वतन्त्र दुई गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कूल एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका हुन् । मेचीनगरका १५ वटै वडा, बुद्धशान्तिका चार वटा र भद्रपुरका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।

झापा–१ को भूगोलमा हात्तीको त्रास नभएको कुनै गाउँ छैन । बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन । निर्वाचन नजिकिएसँगै नेताहरूले बाँड्ने ‘आश्वासनको पोको’ भन्दा ‘कार्यान्वयनयोग्य समाधान’को पर्खाइमा यहाँका मतदाता रहेका पुरीले बताए ।