२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले)मा समाहित भएको घोषणा गरेका हुन् ।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

“देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।

सोमबार नेकपा (एमाले)रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिस्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,वासुदेव घिमिरे, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले उनलाई स्वागत गरेका थिए ।

यादव यसअघि २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ४ बाटै नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए। यस पटक भने नेपाली काँग्रेसले टिकट नदिएपछि उनी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्।