काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यस पटकको निर्वाचनमा मतदान मात्र नभई मत क्रान्ति गर्न आह्वान गरेका छन्।
शुक्रबार अर्घाखाँचीको सन्धिखर्कका मतदातालाई सम्बोधन गर्दै लामिछानेले भाइबहिनीको रगत खेर जान नदिन निर्वाचनमा साथ दिन आग्रह गरेका छन्।
यसपटकको निर्वाचन सामान्य परिस्थितिको नभएको उल्लेख गर्दै लामिछानेले भने, ‘यस पटक सिंगो देश जागेको छ, सिंगो देशले मतदान होइन, मतक्रान्ति गर्नुपर्छ।’ फागुन २१ लाई इतिहास लेख्ने दिन भन्दै उनले जनमतको मूल्य कहिल्यै खेर नजाने बताए।
नयाँबाट देशलाई खतरा भएको भन्ने हल्ला चलाइएकोमा आपत्ति जनाउँदै सभापति लामिछानेले भने, ‘तर भागेको त्यो हेरिकोप्टर फेरि सिंहदरवार र बालुवाटारमा ल्याण्ड भयो भने लोकतन्त्रलाई खतरा छ।’
लामिछानेले आज पाल्पा, गुल्मी तथा अर्घाखाँचीका विभिन्न स्थानमा पुगेर मतदातालाई सम्बोधन गरेका छन्।







