काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा २४२ जना कर्मचारीको माग गरेको छ ।
बैंकले आज एक सूचना जारी गर्दै आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायकसम्मका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जना कर्मचारी माग गरेको हो।
बैंकले आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् सूचना :











