२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने- ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एक हौँ’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुमपूर्वबाट शुभकामना सन्देश जारी गरेका छन्। 

जनयुद्धको आधार इलाकाको रूपमा रहेको रुकुमपूर्वमाबाट सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरेका छन्। 

उनले जेन जेड आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै मुलुकमा उत्पन्न भएको संकट समाधानको लागि सबैमा अपिल पनि गरेका छन्।

‘जेन जेड आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ। विध्वंशले सिर्जना गरेको संकट समाधानको लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु।’

उनले भने छन्, ‘हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु ।’

अहिले देशको परिस्थिति नयाँ बनेको भन्दै दाहालले थपे, ‘जेन जेड आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ । त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदै छौँ । मेरो लागि एकातिर गर्वको कुरा र एकातिर निकै ठूलो जिम्मेवारीको कुरा भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुमपूर्व आएर मनाउँदै छु र रुकुम पूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि मैले आज यो दिवस मनाउँदै छु ।’