२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इस्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्न सर्वोच्च अदालतको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्ने सरकारी व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेल सम्मिलित इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचनालाई हाल लागू नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन मन्त्री देवेन्द्र दाहालको नेतृत्वमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य बनाउने निर्णय गरिएको थियो । सो निर्णयले नेपाली भाषाको प्रयोगविरुद्ध असर पर्ने दाबी गर्दै अधिवक्ता रामबहादुर रावलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि २७ मंसिर २०७६ मा सर्वोच्च अदालतले सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने अक्षर र अंक दुवै नेपाली भाषामै हुनुपर्ने भनी सरकारलाई निर्देशन दिएको थियो । सो आदेशपछि भाषा आयोगले पनि देवनागरी लिपिमा नम्बर प्लेट राख्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

आइतबार जारी आदेशमा सर्वोच्च अदालतले सुविधा र सन्तुलनको दृष्टिले भौतिक मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय तथा त्यसका आधारमा जारी विभागीय सूचनालाई हाल कार्यान्वयन नगर्नु /नगराउनु उपयुक्त हुने ठहर गरेको उल्लेख गरेको छ ।